प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२०८१ भाद्र ३०, आईतबार ०७:१५ बजे

हेटौंडा – टिपर र मोटरसाइकल ठोक्किँदा गोरखामा शनिवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा गोरखा बजारबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव पाठकले बताए।

मृत्यु हुनेमा इलाम घर भएका २६ वर्षका सुरेन्द्र राई रहेका छन् । उनको उपचारका क्रममा शनिवार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते गोरखा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ। दुबै जना गोरखास्थित नेपाली सेनाको रिप मर्दन गणमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले बताए।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।