प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आफै चढेको बसको ठक्करबाट रिजालको मृत्यु, हेटौंडाका सापकोटा प्रहरीको नियन्त्रणमा

२०८१ बैशाख १४, शुक्रबार १९:५८ बजे


हेटौंडा – आफै चढेको बसको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० बर्षीय निमा कुमारी रिजाल रहेकी छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ख २७५३ नम्बर बसबाट झर्ने क्रममा सोही बसले ठक्कर दिदाँ गम्भीर घाइते भएका थिए ।

उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ बस्ने वर्ष ४१ को कृष्ण सापकोटा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।