प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एम्बाप्पेले पीएसजी छाड्ने

२०८१ बैशाख २९, शनिबार ०८:४९ बजे

पेरिस – फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् । २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उक्त निर्णयको घोषणा गरेका हुन्।

एम्बाप्पेले भने, ‘मैले सधैँ भनेको समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ । पेरिस सेन्ट-जर्मेनमा यो मेरो अन्तिम वर्ष हो। म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ।’