हेटौंडा – फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटमा नेपाल घरेलु मैदानमा यमनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमामंगलबार भएको खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको हो ।
यमनको जित उमर अल दाही र मोहम्मद अब्दुल्लाह अल दाहीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीम सकिएको खेलको दोस्रो हाफमा नेपाल दुई गोल खाँदै पराजित भएको हो ।
खेलको ७२ औं मिनेटमा उमर अल दाहीले गोल गर्दै यमनलाई अग्रता दिलाए । त्यसपछि खेलको नियमित समयको अन्तिम समयमा वान भर्सेस वानमा मोहम्मद अब्दुल्लाह अलदाहीले नेपाली गोलरक्षकलाई विट गर्दै सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
यसअघि ६१ औं मिनेटमा नेपालका हिसुब थपलियाले वान भर्सेस वानमा गोल गर्न चुके । त्यसलगत्तै पाएको फ्रिकिकमा नेपाल गोल गर्न चुक्यो । एरिक विष्टको फ्रिकिकमा अन्जन विष्टको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो ।
नेपालले यसअघि भएको विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएईसँग ४–० गोलले पराजित भएको थियो ।