प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अरुण चौधरीलाई चार दिन थुनामा राख्न दिइयो अनुमति

२०८० माघ १८, बिहीबार १९:२६ बजे

काठमाडौं– काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाद विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो।

उक्त प्रकरणको अनुसन्धानका लागि अदालतले केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी०लाई चार दिन थुनामा राख्न अनुमति दिएको हो।