प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल ५ विकेटले विजयी

२०७९ भाद्र ९, बिहीबार १३:४४ बजे

काठमाडौं – टि–२० श्रृङखलाको पहिलो खेलमा नेपालले घरेलु टिम केन्यालाई ५ विकेटले पराजित गरेको छ ।


जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको नेपालले १ सय ३१ रनको विजयी लक्ष्य पाएको थियो ।केन्याले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । उनले २४ बलमा १ चौका र दुई छक्का प्रहार गरे ।यस्तै आरिफ शेख २४ रन, ज्ञानेन्द्र मल्ले २३ रन, आसिफ शेखले १९ रनको योगदान गरे ।

केन्याको बलिङमा लुकास लुवोच र भिराज पटेलले समान दुई विकेट लिए भने निहेमिया ओधिआम्बोले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाए । यस्तै, लुकास ओलुओचले ३०, नेल्सन ओधिएम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए ।