प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा–१२ को वडाध्यक्षमा कांग्रेसका तिवारी विजयी

२०८१ मंसिर १७, सोमबार ०७:४१ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद तिवारी विजयी भएका छन्। निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको नतिजा अनुसार तिवारीले २,०६३ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १,५६० मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार राजेश नगरकोटीले १,३९८ मत ल्याएका छन्।

अन्य उम्मेदवारमध्ये राप्रपाका प्रेमबहादुर भोलनले १७८, रास्वपाका आशाविर बलले ८३, र एकीकृत समाजवादीका बलराम बलले ७३ मत प्राप्त गरेका छन्।

निर्वाचनमा कुल ८,०५३ मतदाता रहेकोमा यसपटक १,५८८ मतदाता थपिएका थिए। वडाध्यक्ष पदका लागि कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए, जसमध्ये नौजना विभिन्न दलबाट र तीनजना स्वतन्त्र रुपमा मैदानमा उत्रिएका थिए।