प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा राष्ट्रपति पौडेलको तस्वीर जलाईयो

२०८० जेठ १६, मंगलबार ०१:५१ बजे

हेटौंडा – बामगती प्रदेशको राजधानी हेटौंडामा गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर जलाईएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मकवानपरले गणतन्त्र दिवसकै दिन गरेको विरोधको कार्यक्रममा उत्रिएका कार्यकर्ताहरुले राष्टपती पौडेलको तस्वीर जलाएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिमा राष्ट्रपतिबाट जधन्य अपराधमा जन्मकैदको सजाए भोगिरहेका रेशम चौधरीलाई आममाफी दिएकोप्रति विरोध जनाउँदै पौडेलको तस्वीर जलाईएको राप्रपा मकवानपुरले जनाएको छ ।

सर्वोच्च अदालतको क्रुर तथा जघन्य अपराधमा सजाय भोगीरहेका अपराधीहरूलाई सरकारको सिफारीसमा राष्ट्रपतिबाट आम माफी , भुटानी शरणार्थी प्रकरण, शक्तिको चरण दुरुपयोग, भ्रष्टाचार लगाएतका मुद्धाहरुको विरुद्धमा राप्रापा मकवानपुरका नेता तथा कार्यकताले नाराबाजी गरेका थिए । त्यो नाराबाजी हेटौंडा विभिन्न चोक हुँदै सिमाचोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बागमती प्रदेश सभा सदस्य कुमारी श्याङतान, धनेश्वरि प्रजापति, राप्रपा केन्द्रीय सदस्य राम थोकर, महिला संगठन केन्द्रीय सचिव सरस्वती थिंङ्ग, राप्रपा मकवानपुर उद्योग विभाग प्रमुख सम्राट सिंह, जिल्ला का.ब. अध्यक्ष सागर थापा, उपाध्यक्ष कबिन्द्र भट्टराई, उपाध्यक्ष ज्ञानु ढुङगेल, प्रबक्ता आयुष डोटेल ,सह–कोषाध्यक्ष सन्दिप कुमार सापकोटा, सह–सचिब लक्षमण सापकोटा लगायतको उपस्थित रहेको थियो ।