प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा चट्याङ लागेर एक जना घाइते

२०८० असार १०, आईतबार १५:२३ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं. ८ लाच्योमा चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय गोपि प्रजा रहेका छन् ।

आइतबार दिउँसो मेघ गर्जन सहित परेको चट्याङ लागेर प्रजा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारलागि भरतपुर पठाइएको जनाइएको छ ।