प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

बुधवार प्रदेशभर सार्वजनिक बिदा

२०७९ असार २७, सोमबार १४:३३ बजे

काठमाडौं – गण्डकी प्रदेश सरकारले असार २९ गते भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो । गएको चैतमा मन्त्रिपरिषद्ले बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।

आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।