बारा – बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका–२ बस्ने वर्ष ६३ को हस्तबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।
सोमबार बिहान ७ सोही ठाउँको जङ्गलमा घाँस काट्ने क्रममा हात्ती देख्ने बित्तिकै थोकर भाग्न खोज्दा हात्तीले पछ्याई थोकरलाई लछारपछार गरी मारेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
मृतक थोकरको शव कलैया प्रादेशिक अस्पतालमा परीक्षण गरिएको तथा अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।