प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते

२०८० कार्तिक ३०, बिहीबार १७:३७ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.१ गुम्बाटोलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ७० बर्षीया कान्छीमाया थिङ र सोही वडाका माझगाँउ १७ बर्षीय अभिसेक राई रहेका छन् ।

फापरबारीबाट राईगाँउतर्फ आउदै गरेको ना.१२प ५५५४ नम्बरको मोटरसाइकलले पैदलयात्री थिङलाई ठक्कर दिएर दुर्घटना हुँदा चालक राई घाइते भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार दुई जनाको अवस्थामा सामान्य रहेको छ । घाइते दुबै जनाको झुरझुरेस्थित सान्वी मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।