काठमाडौं – पाल्पाको तानसेन नगरपालिका –१ मा मंगलबार एक पुरुष मृत फेला परेका छन् । तानसेन –१ उकालोपीपल बस्ने वर्ष ४० को खुमबहादुर सार्कीले आफ्नै घरमा मृत फेला परेका हुन् ।
आज बिहान अबेरसम्म पनि घरको ढोका नखोलेपछि छिमेकी वीरबहादुर नेपालीले घरमा गई झ्यालबाट हेर्दा घरभित्र सुतिरहेको अवस्थामा देखिएका थिए । बोलाउँदा समेत नउठेपछिसँगै अस्थायी प्रहरी पोष्ट भुसलडाँडा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले जनप्रतिनिधिको रोहबरमा ढोका खोली हेर्दा उनी बिस्तरामा मृत अवस्था फेला परेका थिए ।
प्रारम्भिक अनुसन्धान कार्य पश्चात् उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको प्रहरीले बताएको छ ।