प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

दिपेन्द्र चन्द ठकुरी मकवानपुर क्षेत्र नंबर १ बाट चुनाव लड्ने

२०७९ भाद्र १८, शनिबार १२:५२ बजे

हेटौंडा – हेटौडाका युवा व्यवसायी तथा सामाजिक सेवामा सक्रिय दिपेन्द्र चन्द ठकुरी मकवानपुर क्षेत्र नंबर १ बाट चुनाव लड्ने भएका छन्।

आगामी मंसिर ४ मा हुने चुनावमा उनी मकवानपुर क्षेत्र नंबर १ मा उम्मेदवार हुन लागेका हुन्। शनिबार हेटौंडामा भएको स्वतन्त्र नागरिक अभियान तथा उम्मेद्वारी घोषणा कार्यक्रममा ठकुरीले स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

ठकुरीले राजनीतिक दल र पार्टीलाई वर्षौदेखि भोट दिएर जिताएपनि जनताको अवस्था उस्तै रहेको बताए । उनले जनताको लागि काम गर्न आफु निर्वाचनमा उठ्न लागेको बताए ।

पटक पटक उम्मेद्वार भएर विजयी भएका पार्टीका उम्मेद्वारले जनताको काम गर्न नसकेको उनको आरोप छ । उनले अब जनताको सेवा गर्ने सेवक र जनताको मुद्दालाई सम्बोधन गर्ने सहि व्यक्तिलाई मतदान गरेर छान्न अनुरोध गरे ।