प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारीको ठक्करबाट एक जनाको मृत्यु, थापा प्रहरीको नियन्त्रणमा

२०८१ जेठ १२, शनिबार ०८:१० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री नामथर वतन नखुलेकका अन्दाजी ३५/४० बर्षको पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार गएराति पुर्बपश्चिम सडकखण्डमा सर्लाहीबाट काठमाडौंतर्फ जादै गरेको ना ७ ख १६७५ नम्बरको बसले ठक्कर दिँदा ती पुरुषको घटनास्थलमै मृत्यु भएको हो । शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

बस प्रहरी चौकी बसामाडीको नियन्त्रणमा रहेको छ भने बस चालक रौतहट चन्द्रनिगाहापुर नगरपालिका–१ पौराही बस्ने बर्ष ५८ को कृष्ण बहादुर थापा जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासमा कक्षमा राखिएको भण्डारीले जानकारी दिए ।