काठमाडौं – एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ। वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा घरेलु टोली नेपालले कुवेतलाई जितका लागि २ सय ८१ रनको लक्ष्य दिएको हो ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले ५७ रनको अर्धशकिय इनिङ्ग खेले । कुशलले ४४ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए। करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।
कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३/३ तथा सयद मोनिव र यासिन पटेलले समान १/१ विकेट लिए ।