प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

विमानस्थलबाट बरामद १४ किलो विशुद्ध सुन रहेको पुष्टि

२०८० मंसिर २२, शुक्रबार १९:५९ बजे

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो विशुद्ध सुन रहेको पुष्टि भएको छ।उक्त सुन प्रयोगशालामा परीक्षण गर्दा विशुद्ध सुन रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट ७ थान सुनको विस्कुट बरामद गरिएको थियो। उनले ज्याकेट र जुत्तामा लुकाएर ल्याएका थिए । उनलाई विमानस्थलबाट भन्सार कार्यालयको कार्मचारीले नियन्त्रणमा लिएको थियो ।