प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्कुटर चोरी गर्ने ३ जना पक्राउ

२०८० असार १०, आईतबार १०:२५ बजे

भक्तपुर – भक्तपुर नगरपालिका–१० कमलबिनायक पाईपलाईनस्थित पार्किङ गरी राखिएको बा.८१ प ८७६६ नम्बरको स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ दिक्तेल डाँडागाँउ गाउँपालिका घर भई भक्तपुर कमलविनायक बस्ने १४ वर्षीय किशोरसहित ३ जना रहेको प्रहरीको भनाई छ ।

उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।