हेटौंडा – मकवानपुर जिल्लामा आउँदो जेठ २२ गते "युवा र नवप्रबतनʼʼ शिर्षकमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला युवा समिति मकवानपुरको आयोजनामा युवाहरुमा भएको नवप्रतिभालाई उर्जागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले जानकारी दिए ।
उक्त प्रतियोगितामा २४ वर्ष सम्मका उमेर समूहका युवाहरुले सहभागिता जनाउन सक्ने छ । प्रतियोगितामा उत्कृष्ट अंक ल्याई प्रथम हुने सहभागीलाई नगद रु १५ हजार, दोस्रोलाई नगद रु १० हजार र तेस्रोलाई नगद रु ५ हजार सहित प्रमाणपत्र दिइने अध्यक्ष पाख्रीनले बताए । प्रतियोगिता हेटौंडा-४ रोयल पार्टी प्यालेसको सभालमा जेठ २२ गते विहान १० बजे हुने जनाइएको छ ।