प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा टिपरबाट तीन क्वीन्टल बरामदः बुद्धचोकबाटै चालकले ठोके कुलेलाम, प्रहरी ट्वाँ

२०७९ भाद्र १७, शुक्रबार ०७:१२ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।  प्रहरीले शुक्रबार हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकबाट ३०५ किलो(तीन क्वीन्टल) लागुऔषध गाँजा बरामद गरेको हो ।

थानाभर्याङबाट बुद्धचोकतर्फ आउँदै गरेको ना ८ ख १७३८ नम्बरको टिपरबाट १२ बोरा अर्थात ३०५ किलो लागुऔषध गाँजा बरामद गरेको गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । टिपरलाई शंका लागेर चेकजाँच गर्दा टिफरको पछाडी रातो त्रिपालले छोपेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको उनले बताए ।

उक्त गाँजा ओसारपसारमा संलग्न टिपर चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको तीन क्वीन्टल गाँजा र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

फाइल तस्वीर