प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते

२०८० मंसिर १९, मंगलबार १३:४३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ५ पुष्पलाल पार्क नजिकै स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा सानोपोखरा बस्ने ३२ बर्षीय रोहित बहादुर मराठ्ठी रहेका छन् ।

ना ६५प ८१७० नम्बरको स्कुटर आफै अनियन्त्रित भएर पल्टंदा चालक मराठ्ठी गम्भीर घाईते भएका हुन् । उनको उपचारका लागि चितवन भरतपुर पठाएको प्रहरीले जनाएको छ । सांकेतिक तस्वीर