काठमाडौं – एक युवकले चिर्पट प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । दैलेखको गुराँस गाउँपालिका वडा न ८ माथिल्लोगार्जा निवासी २८ वर्षका कृष्ण बहादुर खड्काले २७ वर्षीय पार्वती बि.सीलाई ढोकामा लगाउने काठको चिर्पटले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अुनसार सामान्य घर झगडा हुँदा खड्काले श्रीमतीलाई टाउकोमा चिर्पट प्रहार गर्दा श्रीमती पार्वतीको घटनास्थलमानै मृत्यु भएको हो । हत्यामा संलग्न कृष्ण बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको बताईएको छ । आवश्यक कारबाहीको लागि हिरासतमा राखिएको दैलेख प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल दैलेखमा को शव गृहमा राखिएको छ ।