प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु

२०७९ आश्विन २१, शुक्रबार ०३:१९ बजे

काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–२ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताए ।

मयेर गिरीका अनुसार पहिरो राति १२ बजे पहिरो खसेको थियो ।