प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

धाक–धम्की दिएर सात करोड रूपैयाँ माग, ७ जना पक्राउ

२०७९ जेठ १४, शनिबार ०७:२९ बजे

काठमाडौं – योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं बुढानिलकण्ठ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-८ ठेगाना भएका २९ वर्षीय टेक विक, काठमाडौं कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना गाउँपालिका-७ ठेगाना भएका २९ वर्षीय धर्मराज थापा, काठमाडौं कांडाघारी बस्ने काभ्रे तेमाल गाउँपालिका- २ ठेगाना भएका ३३ वर्षीय उमेश भण्डारी, काठमाडौं रातोपुल बस्ने गुल्मी धुर्कोट गाउँपालिका-२ ठेगाना भएका २९ वर्षीया बसन्ता खनाल, काठमाडौं सिनामंगल बस्ने चितवन भरतपुर महानगरपालिका-११ ठेगाना भएका ३२ वर्षीय सुरज शर्मा र काठमाडौं सिनामंगल बस्ने काठमाडौं महानगरपालिका-९ ठेगाना भएका ३३ वर्षीय श्रवण कार्की रहेका छन् ।

उनीहरूले पीडितबाट उक्त रूपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।