प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

पहिरोले पुरिएर दुई जनाको मृत्यु

२०७९ जेठ १८, बुधबार ०९:४६ बजे

हेटौंडा – सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर सुनसरी धरानका ३५ बर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका–६ उदयपुरका २० बर्षीय हेम बहादुर मगरको मृत्यु भएको हो ।

चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा बुधबार बिहान ११ बजे अचानक माथीबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण कार्यमा खटिएका दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पुरिएका दुबै जनाको उद्धार गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ ।