प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

कर्मचारीको बढेको तलब र ग्रेड साउन १ गतेबाटै लागू हुने, यस्ता छन् मन्त्रिपरिषद्का २४ निर्णय

२०७९ श्रावण २९, आईतबार ०८:०३ बजे

काठमाडौं – नेपाल सरकारले विभिन्न २४ वटा निर्णय सार्वजनिक गरेको छ । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउन २६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय आइतबार सार्वजनिक गरेका हुन् ।

नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी सरकारी सेवाका कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरी गरी लागू गर्ने निर्णय गरेको छ । सरकारले चालू आर्थिक वर्षको साउन १ गतेबाट लागू हुने गरी सरकारी सेवाका कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको थियो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले भने,– सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहारी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू गर्ने गरी नयाँ तबलमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय भएको छ ।

निर्णयहरु