प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा २ किलो १९६ ग्राम अवैध चाँदी सहित एक व्यक्ति पक्राउ

२०८१ कार्तिक १२, सोमबार २१:२३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित रातोमाटे चेकपोइन्टमा २ किलो १९६ ग्राम अवैध चाँदीसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार चेकपोइन्टमा जाँच गर्दा उक्त चाँदी बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्प–श्चिम राजमार्गमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नम्बरको यात्रुबाहक बसमा सवार भारत बिहार राज्य, मधुवनी जिल्लाका ४८ वर्षीय मनोज कुमार झालाई नियन्त्रणमा लिइएको हो। झाले आफ्नो छातीमा फल्स बटम बनाई ३२ वटा चाँदीका मूर्तिहरू लुकाएर ल्याएको अवस्थामा फेला परेका थिए। मूर्तिहरूको तौल २ किलो १९६ ग्राम रहेको र यसको बजार मूल्य करिब ३ लाख ६६ हजार ५४९ रुपैयाँ रहेको बताइएको छ।

पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ।