प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा अटो दुर्घटना

२०८० श्रावण १, सोमबार १०:१४ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं. १९ सान्नानटारमा अटो दुर्घटना भएको छ । सोमबार बिहान तपोवनबाट सान्नानटारतर्फ आउँदै गरेको ना २ ह २५८३ नम्बरको अटो आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी हेटौंडा उपमहानगरपालिका–७ कमाने बस्ने बर्ष ४० की गंगा फुँयाल, उनको छोरा बर्ष २१ को संदिप फुँयाल र सोही स्थान बस्ने बर्ष ३५ की मिना फुँयाल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । सामान्य चोट लागेको तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएको उनले बताए ।

अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।