हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ गोरक्षेश्वर मन्दिर अगाडी ग्याँस बुलेटको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सुडाल घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङ बस्ने बर्ष ६० का रमेश पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार शुक्रबार साँझ ल्ीण्ज्ञीढण्द्दट नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारबाट थानाभर्याङ तर्फ जादै गरेको साईकललाई ठक्कर दिंदा पाण्डे घाइते भएका थिए ।
उपचारका लागि हेटौंडा अस्पतालमा लगिएकोमा गएराति ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रवक्ता भण्डरीले जानकारी दिए । शव हेटौडा अस्पतालमा रहेको छ भने सवारी र चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।