हेटौंडा – राप्तीखोलामा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं.२२ बोटे टोलस्थित राप्ती खोलामा एक जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा स्थानीय ३८ बर्षीय राजन बोटे रहेका छन् । उनीराप्ती खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा बेपत्ता भएको बागमती प्रदेश प्रहरीले कार्यालय हेटौंडाले जनाएको छ । बेपत्ता बोटेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।