हेटौंडा – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ ढोडेनीमा मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही ठाउँकी ३० वर्षीया पेमा तामाङ रहेकी छिन् । २ जना घाइतेहरुको उपचार धुलीखेल अस्पतालमा र २ जनाको उपचार मेलम्ची स्थित नगर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये एक जनाको अवस्था भने गम्भीर रहेको छ ।
गणेशबगरबाट ढोडेनीतर्फ जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको मिनी ट्रक गएराति साढे ९ बजे सडकबाट करिब १० मीटर तल खसेको थियो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रतिगात्मक तस्वीर