प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

बालिका बलात्कारआरोपमा एक युवक पक्राउ

२०८० पौष १८, बुधबार २०:२९ बजे

काठमाडौं – झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विक पक्राउ परेका हुन्।

उनलाई धुलाबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको झापा प्रहरीले जनाएको छ। विकले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।