प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गैँडाको आक्रमणबाट एक जना घाइते

२०८१ कार्तिक २४, शनिबार १९:२० बजे

चितवन – सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन् ।

गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।