प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

२०८० आश्विन १३, शनिबार १५:३३ बजे

काठमाडौं – मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरी छन् ।

प्रहरीका अनुसार वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले आफन्तहरूले वीरेन्द्रनगरको मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरेका छन् ।