काठमाडौं – सल्यानको छत्रेश्वरी गाउँपालिका– ५ तिर्पोलेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
जीप दुर्घटनामा शारदा–१२ तिमिलेकी ७६ वर्षीया धुर्बी बोहरा र शारदा–१५ बरलाकी ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरबाट शारदा नगरपालिका–१२ कागखोला जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप शुक्रवार छत्रेश्वरी–५ तिर्पोलेमा दुर्घटना भएको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि श्रीनगर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।