हेटौंडा – चितवन भरतपुर महानगरपालिका–४ लंकुपुलस्थित भित्री सडकखण्डमा योद्धागाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बारा जितपुर सिमरा उपमहानगरपालिका घर भई हाल भरतपुर महानगरपालिका–४ बेलचोकमा डेरा गरी बस्ने वर्ष ३४ को प्रभाकर पौडेल रहेका छन् ।
प्रहरीका अनुसार बा.प्र.०३–००१ च १३६७ नम्बरको योद्धागाडीले बा.प्र.०३–००४ प ४४६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा निज पौडेल उक्त दुर्घटनामा परी गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि जिल्ला सरकारी हस्पिटल भरतपुर ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्र्रहरीले जनाएको छ ।