हेटौंडा – काभ्रेपलाञ्चोक पनौतीमा पानी ट्याङकीमा डुबेर तीन बर्षीय बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिका–२, नयाँगाउँ बस्ने अन्दाजी ३ वर्षीय आशिका आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरबाट करिब ५० मिटर पूर्व जमिनमा गाडिराखेको १ हजार लिटरको हिलटेक पानीको ट्याङकीमा डुबिरहेको अवस्थामा आचार्य भेटिएकी थिइन् । परिवारले शिर मेमोरीयल अस्पताल लगिएकोमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।