प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पत्रकार शम्भु श्रेष्ठ २५ हजार धरौटीमा रिहा

२०८२ असार १२, बिहीबार २१:०० बजे

 काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिक एवं अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ र सम्पादक एमपी सुब्बालाई २५/२५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दुवैजनालाई २५ हजार रुपैयाँका दरले धरौटी मागेको हो ।

विचाराधीन मुद्दाबारे निरन्तर समाचार लेखेर अदालतको अवहेलना गरेको भनी कर्मचारीहरूले तयार पारेको प्रतिवेदनका आधारमा विशेष अदालतले अवहेलनाको कारबाही अघि बढाएको थियो ।

विशेष अदालतका सबै न्यायाधीश सम्मिलित वृहत इजलासले प्रतिवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई बयानका लागि बोलाउन आदेश दिएको थियो ।