प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कोरिया पठाउँछु भनेर १६ लाख ठगेको आरोपमा युवक पक्राउ

२०८१ पौष १४, आईतबार २०:२३ बजे

काठमाडौँ -  वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी छन् । 

उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनलाई कानुनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।