प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

पावर बैंकको खोलभित्र माटो राखेर बेच्ने दुई जना पक्राउ

२०७९ फाल्गुन १६, मंगलबार ०३:४५ बजे

काठमाडौं – चिट्ठाको नाममा पावर वैँक पर्‍यो भनेर पावर बैंकको खोलभित्र गिलो माटो राखी बिक्री गर्ने दुई जना भारतीय रुपन्देहीबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला, चन्दनताय गाउँ बस्ने २८ विर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट रहेका छन् ।

उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पीएर लेखिएको पलाष्टिकको बट्टा माटोको ‘पावर बैंक’ ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाईन्ट एक(एक थान, स्क्रयाच कुपन ७९ थान पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी ठगी गर्न प्रयोग गरिएको प्रेस लेखिएको यूपी ५५ एएफ १५१९ नम्बरको स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।