हेटौंडा – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का २७ वर्षीय सुन्दर यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका मोटरसाइकलमा पछाडी सवार ३७ वर्षीय जितेन्द्र ठाकुरको जनकपुर स्थित काब्या अस्पतालमा उपचार भइरहेको छ । ढल्केबरबाट जनकपुर तर्फ जाँदै गरेको प्रदेश२(०२(००५ प ९५ ७१ नम्बरको मोटरसाइकल आज बिहान पौने ५ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।