हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–३ बसामाडीका ३८ वर्षीय शम्सेर सिंह नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।
बिरगजंबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नंबरको कारले सोमबार दिउँसो नेगीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका नेगीको उपचारको क्रममा मंगलबार बिहान पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार ठक्कर दिने कार ,कार चालक नियन्त्रणमा रहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए ।