चितवन – भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई उछिनेका छन् । सुवेदीले १४ मतले उछिनेका हुन् ।
सुवेदीले ३ हजार ६६७ मत हासिल गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत पाएकी छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ४१३ मत पाएका छन् ।
उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले चार हजार १५० मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले २ हजार ८८६ मत पाएकी छन् ।