प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

‘प्रचण्ड’विरुद्ध मत मागेपछि गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्यको पद चैट

२०७९ कार्तिक २२, मंगलबार ०८:५६ बजे

काठमाडौं – गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले आज आचार्यलाई बर्खास्त गरेका हुन्।

मन्त्री आचार्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्री पोखरेलले हटाउन हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका हुन् ।

मन्त्री आचार्यलाई हटाएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुख कार्यालयमा पठाइएको मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । उता ऊर्जामन्त्री आचार्यलाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिएका छन् ।

आचार्य नेपाल समाजवादी पार्टीका नेता तथा सांसद हुन्। उनी २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए।