हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको आगामी आर्थिक बर्षका लागि ६७ करोड ४४ लाख २२ हजारको बजेट ल्याएको छ ।शुक्रबार गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली(पाख्रीन)ले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
जुन बजेट चालु आर्थिक बर्षको भन्दा ४ करोड ५२ लाख ५ हजार ५०० रुपैयाँ अर्थात ७ दशमलव १८ प्रतिशतले बढी बजेट प्रस्तुत गरिएको छ । चालु आर्थिक बर्षको लागि गाउँपालिकाले ६२ करोड ९२ लाख १७ हजार ५०० रुपैयाको बजेट विनियोजन गरेको थियो ।
प्रस्तुत बजेटमा केही पुरानै योजना छन् भने केही नयाँ पनि छन् । विभिन्न शिर्षकमा झण्डै ३ सय भन्दा साना ठुलो योजनाहरु प्रस्तुत गरिएको छ । सरकार परिवर्तन भएसंगै नयाँ नेतृत्वले गाउँपालिकाको पुराना योजनालाई नयाँ नारा दिएर अगाडी बढाएका छन् । जसमा ‘एक गाउँ एक उत्पादन’, ‘एक वडा एक खेलमैदान’, ‘एक वडा एक कृषिर पशुप्राबिधिक’, लगायतले निरन्तरता पाएको छ । यसअघि गाउँपालिकाले धान, मकै, कोदो र फापरमा दिदै आएको दुई रुपैया प्रतिकिलो दुई रुपैया, दुधमा एक रुपैया अनुदानले निरन्तरता पाउँदा अनुदान र न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने नीतिले निरन्तरता पाएन ।
शैक्षिक कायक्रम अन्तर्गत उपाध्यक्ष शैक्षिक अनुदान, कृषि प्राबिधिक विद्यालयका विद्यार्थीको लागि पढ्दै कमाउ, एक विद्यालय एक ल्यापटप लगायतको योजनालाई अगाडी सारेको छ । त्यस्तै गाउँपालिकाले अन्तरिक स्रोतबाट सुत्केरीलाई उपलब्ध गराउँदै आएको भत्ता कटौती गरेको छ । यसअघि सरकारले उपलब्ध गराएको रकममा ४ हजार ३ सय उपलब्ध गराउँदै आएको थियो र यसलाई पाँच हजार पु¥याउने लक्ष्य लिएको थियो । पुरुष बन्ध्याकरण प्रात्साहन कार्यक्रम समेत खारेज हुँदा गर्भवती महिलालाई घरदैलो भिडियो एक्स–रे सेवा प्रदान गर्न ग्रामीण अल्ट्रासाउन्ड मेसिन खरिद गर्ने र ८ वटै स्वास्थ्य संस्थामा नै मासिक घुम्ती सेवा साथै घरदैलो स्वास्थ्य परिक्षण सेवा प्रदान गर्ने भएको छ ।
खेलकुदमा एक वडा एक खेलमैदान निर्माण गर्ने र वडा नं.५ मा मिनी रंगशाला बनाउने, गाउँपाकिला स्तरिय खेलकुद प्रतियोगिता, सहिद रुद्र पाख्रीन तथा सहिद बासुदेव घिमिरे फुटबल प्रतियोगिता आयोजन गरिने भएको छ ।
पुर्वधार क्षेत्रतर्फ आवश्यक स्थानमा सडक, पक्की तथा झोलुङ्गो पुल निर्माणमा गर्ने भएको छ । हेटौंडा–५ पिप्लेदेखि मकवानपुरगढी गाउँपालिकाको सदरमुकाम मक्राञ्चुली हुँदैधमिले सोल्टीमोड, न्यौपानेटार, खोरभञ्ज्याङ्ग बकैया दू्रत मार्ग जोड्ने सडकलाई सहिद रुद्र पाख्रिन मार्ग नामाकरण गरी ५ वर्ष भित्र पुरा गर्ने भएको छ । ८ वटै वडाबाट गाउँपालिकासम्म जोड्ने सडक पक्की बनाउने र १२ महिना संचालन हुने गरी सडक स्तरउन्नती गरिने योजना अडाडी सारेको छ । वडा नं ८ र भिमफेदी जोड्ने ईक्चुङ्ग–बुढीचौर सडक निर्माण र गाँउपालिकाबाट अन्य स्थानीय तह, भिमफेदी, बकैया र हेटौंडा उपमहानगरपालिका जोड्ने तथा दु्रर्त मार्ग र मुख्य राजमार्गमा जोड्ने सडकलाई लिङ्क रोडको रुपमा विकास गर्ने भएको छ ।
आयतर्फ
मकवानपुरगढी गाउँपालिका जिल्लाकै एतिहासिक स्थल भएको स्थानीय तह हो । माथि उल्लेखित योजना बजेटका लागि वितिय समानिकरण अनुदान १२ करोड २० लाख २३ हजार प्राप्त भएको छ । राजश्व बाँडफाँडबाट २० करोड १० लाख १ हजार र आन्तरिक आयबाट २ करोड ४ लाख ६० हजार, सशर्त अनुदानबाट २४ करोड ८४ लाख ३८ हजार अनुमान गरिएको छ । त्यसैगरी समपुरक अनुदान ५ करोड २० लाख, विशेष अनुदान ३ करोड ५ लाख रकम प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष नेपालीले बताइन् ।
व्ययतर्फ
कुल बजेटको पँुजिगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालु तर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरिएको उपाध्यक्ष नेपाली बताइन् । उनले आगामी आर्थिक वर्षका लागि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च अन्तरगत रु. ६ करोड, आर्थिक विकास ५ करोड ३८ लाख, पूर्वाधार विकास २५ करोड २० लाख १८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन ९४ लाख ५६ हजार, विषय क्षेत्रगत व्यय अन्तर्गत सामाजिक विकास २९ करोड ६ लाख ४८ हजार र बन, वातावरण तथा विपद्व्यवस्थापनमा ८५ लाख रकम विनियोजन गरिएको बताइन् ।