प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा एक टहरामा आगलागी

२०८० बैशाख १६, शनिबार ०३:०६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागनरपालिका–८ स्थित गर्दइ पुल नजिकै एक टहरामा आगलागी भएको छ ।

शुक्रबार साँझ गणेस श्रेस्ठको खरको छानो, बासको बार भएको९खाना पकाउन बनाएको० टहरामा बिजुली तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागी हुँदा खाली ग्यास सिलिन्डर एक थान, पितलको भाडो एक थान, खाट १थान, गरी तीस हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानिय, दमकल, प्रहरिको सहयोगमा टहरामा लागेको आगो नियन्त्रणमा लिएको थियो ।