प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

२०७९ फाल्गुन २६, शुक्रबार ०२:०३ बजे

हेटौंडा – पर्साको बिरगंज महानगरपालिका १४ गण्डक चोकमा गएराती दुई ओटा मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

बिरगंज पथलैया सडक खण्डमा पथलैयाबाट बिरगंज तर्फ आउँदै गरेको प्रदेश २–०३–००४ प ७९३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना २५ प ४००३ नम्बरको मोटरसाइकल गएराती ९ बजे आपसमा ठोकिएका हुन् ।

घाईते भएका दुबै मोटरसाइकलका चालकहरूलाई उपचारको लागि एल एस न्यूरो अस्पताल बारा पठाईएकोमा ७९३० नम्बरका मोटरसाइकलका चालक बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरका अन्दाजी २६ बर्षीय सुरज सराफको उपचारको क्रममा राती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का चालकको अवस्था मध्यम रहेको प्रहरी चौकी गण्डकले जनाएको छ ।