प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

मधु अधिकारीले छाडे राप्रपा

२०७९ बैशाख २३, शुक्रबार ०७:२१ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् । उनले शुक्रबार एक विज्ञप्तीमार्फत राप्रपा परित्याग गरेको जानकारी दिएका छन् ।

उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलगिएको जनाएका छन्। ‘मैले आफ्नो राजनैतिक जिवन भरी निष्ठाको राजनिती गरे कुनै लाभको पदमा बसेर फाईदा लिएको थाहा छैन, बरू सधै कठिन परिस्थितिमा दुख कष्ट गरे। तर पार्टी भित्र “काम गर्ने कालू, मकै खाने भालु” प्रवृत्ति मौलायो। पछिल्लो समय अनुकुलताको राजनिती , मौसमी राजनीति, सामन्ती र सर्बसत्ताबादी चिन्तन अनि प्रवृत्ति हाबी भयो ।’ उनले विज्ञप्तीमा भनेका छन् ।

‘राप्रपामा कृयाशिल भई जिबनका उर्जाशिल समय ब्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरैसाथिहरु सङ्ग नजिक भए। ,अधिकारीले भनेका छन्,माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथिहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसङ्ग कुनै मुल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’ विज्ञप्तीमा भनिएको छ ।