प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

काठमाडौंमा भारतीय दूतावासभित्र गोली चल्यो, एक जनाको मृत्यु

२०७९ असार २०, सोमबार ०९:४० बजे

काठमाडौं – काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र कार्यरत एक सुरक्षाकर्मीले आफैमाथि गोली चलाएका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् ।

सोमबार विहान सिंहले ड्युटीमा रहेका बेला इन्सास राइफलबाट आफैंलाई गोली चलाएको र उनको घटनास्थलमै मृत्यु भएको स्रोतले बताएको छ ।घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।