हेटौंडा – चितवन भरतपुर महानगरपालिका–२९, मुग्लिङ नारायणगढ सडकखण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–४० प ०५५९ नम्बरको मोटरसाइकल हुँदा चालक रसुवा, उत्तरगया गाउँपालिका–४ बस्ने २१ वर्षीय राजेश पौडेल र पछाडी सवार सोही ठेगाना बस्ने २४ वर्षीय देब प्रसाद आचार्य घाइते भएका थिए ।
घाइतेमध्ये चालक पौडेलको भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिगात्मक तस्वीर